Connect IPS
IME Life

धितोपत्र बोर्डका अध्यक्षले राजिनामा गर्न नमाने पछि सरकारले छानविन गर्न बनायो समिति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले कानुन विपरित आफ्नै छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयलाई नेपाल सरकारले छानविन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षका सम्बन्धमा छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधिश अनन्तराज डुम्रेको अध्यक्षक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ । उक्त समितिमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् ।

अर्थमन्त्रालयले ढुङ्गानालाई अनौपचारिक रुपमा अध्यक्ष पदबाट राजिनामा दिन अनुरोध गर्दै आएको थियो । यसै प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र नेपाल धितोपत्र बोर्डकै सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि बोर्डको सञ्चालकबाट राजिनामा दिइसकेका छन् ।

Prabhu
Crest

ढुङ्गानाले आफ्नै छोरीको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन शेयर खरिद गरेका थिए । उनले छोरीलाई शेयर खरिद गर्न आफैले पैसा दिएको भन्दै स्वीकार पनि गरिसकेका छन् । तर उनले आफुले शेयर खरिद नगरेको भन्दै विहे गरेर गएकी छोरीले शेयर खरिद गर्दा इन्साइडर ट्रेडिङको कानुनी व्यवस्था आकर्षित नहुने तर्क गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS