काठमाडौं । आज २२६ वटा कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको २३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।