काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले बुकक्लोज मिति तय गरेका छन् । दुवै फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ २४ गते, एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेका हुन् । त्यसैले, भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।