काठमाडौं । प्रभु बैंक लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
बोलपत्र भदौ ३० गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल, कमलादी, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जनाएको छ ।