काठमाडौं । । आज शेयर बजार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३,०४४ दशमलव ८६ अंकको विन्दुमा कायम भएको छ । आज फाइनान्स बाहेक सबै उपसूचक घटेका छन् । फाइनान्स उपसूचक ० दशमलव ६७ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रु रु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाइका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । सिङगटी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ३५ प्रतिशतका दरले गुमाएका छन् ।