काठमाडौं । आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अरुण कावेली पावरको ८७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन बिकास लघुवित्तको ७४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको ३८ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिरीको ३४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।