काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले ३०/ ३० प्रतिशत प्रतिफल (कर सहित) आफ्ना इकाईधनीहरुलाई वितरण गरेका छन् ।
सद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले बुक क्लोज हुँदाको समयमा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै उक्त नगद लाभांश भदौ ९ गतेदेखि जम्मा गरेको एक सुचना जारी गर्दै जनाएको छ ।
दुवै योजनाले हालसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र अद्यावधिक गराई समयमा नै प्रतिफल प्राप्त गर्न समेत योजनाले अनुरोध गरेका छन् ।