Connect IPS
IME Life

नेप्से १७ अंकले बढ्दा १४ कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ६० अंकले बढेर ३,०९४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । आज १०२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २३२ वटा कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अरुण कावेली पावर कम्पनीको ४५ करोड ०६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको ३४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंकको २९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट बैंकिङ, अरुण भ्याली हाइड्रोपावर कम्पनी, कपोैरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै गुडविल फाइनान्स डिवेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS