काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर वि क्री गर्ने भएको छ । संस्थाले आजबाट १ हजार १९० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।
कम्पनीका सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त शेयर प्रतिकित्ता ७०१ रुपैयाँ मूल्य तोकेर विक्री खुला गरिएको संस्थाले जनाएको छ ।
कम्पनीले संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा लिखित जानकारी बुझाउन आग्रह गरेको छ ।