Connect IPS
IME Life

हाइड्रोपावरबाट बीमा कम्पनीमा सिफ्ट हुँदै लगानीकर्ता, बीमा समितिको अडानको कस्तो असर पर्ला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुबाट बीमा कम्पनीहरुको शेयरमा सिफ्ट हुन थालेका छन् । हकप्रदको पछाडि कुदेका लगानीकर्तालाई विद्युत नियमन आयोगले सतर्क गराए पनि लगानीकर्ताहरु बीमा कम्पनीको शेयरमा सिफ्ट भएका हुन् ।

बीमा समितिले यस वर्ष कुनै पनि कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न निदिने भए पछि हाइड्रोपावरको शेयरमा झुम्मिएका लगानीकर्ताहरु पुनः बीमा कम्पनीहरुकै शेयरमा फर्किएका हुन् । लगानीकर्ताहरु बीमा कम्पनीहरुको शेयरमा सिफ्ट भए पनि बजार सुधार हुने त्यस्तो कुनै पनि सूचनाहरु भने तयार भएको छैन ।

Prabhu
Crest

सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको साधारणसभा सम्पन्न गरिसकेका छन् । तर जीवन बीमा कम्पनीहरु कुनैले पनि साधारणसभा भने गरेका छैनन् । साधारणसभा नगरे पनि बीमा कम्पनीहरुलाई समितिले अघिल्लो वर्षदेखिनै फ्युचर बोनस प्रोभिजनिङ गर्न निर्देशन दिइसकेको छ । कम्पनीहरुले ५ वर्षमा सत प्रतिशत फ्युचर बोनस प्रोभिजनिङ गर्नु पर्ने बाध्याताले गर्दा जीवन बीमा कम्पनीहरुले अवको केहि वर्ष आकर्षक लाभांस दिन सक्दैनन् । त्यसैले गर्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट पनि आकर्षक लाभांस दिन सक्ने अवस्थामा कुनै पनि कम्पनी छैनन् ।

त्यसैले गर्दा पछिल्लो समय केहि बीमा कम्पनीहरुले अघिल्लो र गत आर्थिक वर्षको साधारणसभा एकै पटक सम्पन्न गरेर दुई वर्षको मुनाफाबाट एकमुष्ठ लाभांस दिन रणनीतिमा रहेको चर्चा चलिरहेको छ । विगत ५/७ वर्षदेखि आकर्षक लाभांस दिदै आएको नेपाल लाइफले पनि विगतका वर्षमा जस्तो लाभांस दिन सक्ने अवस्थामा छैन ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्षको साधारणसभा कुर्न कम्तिमा पनि फागुन चैत कुर्नु पर्छ । त्यसैले गर्दा लगानीकर्ता बीमा कम्पनीमा सिफ्ट हुँदैमा धेरै उछाल आउने अवस्था छैन ।

अर्को तर्फ ३/४ महिना हकप्रदको हल्लै हल्लामा बीमा कम्पनीको शेयर किन्नेले यहि मौकामा बिक्री गर्न थाल्ने छन् । जसले गर्दा बीमा कम्पनीको शेयरमा केहि सुधार हुने वित्तीकै सप्लाइ आउन थाल्नेछ । दोस्रो बजारमा बीमा कम्पनीको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिदै आएको छ । बीमा समितिले यदि केहि कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनका लागि सकारात्मक संकेत जनायो भने पुनः सुधार हुनेछ । तर बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद शेयर निष्काशन गर्ने योजना नबनाउन निर्देशन दिएको हुँदा यस वर्ष बीमा कम्पनीको शेयरमा त्यति धेरै उत्साह हुने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS