काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षशको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चौथो त्रैमासमा २ करोड २१ लाख ८२ हजार नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १ करोड ४ लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख रहेको छ । जगेडा कोष भने कम्पनीको ३५ करोड ५१ लाख ५६ हजार ऋणात्मक रहेको छ ।
अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको विद्युत् विक्री आम्दानी ५४ प्रतिशतले कमी आएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत् विक्री बापत ५ करोड ५७ लाख ८८ हजार आम्दानी गरेकोमा गत आर्थिक वर्षमा घटेर २ करोड ५४ लाख १४ हजारमा सीमित भएको हो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ० रुपैयाँ २१ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ३७ पैसा रहेको हो ।