Connect IPS
IME Life

तीन कम्पनीले ४९ करोड २६ लाख रुपैयाँको आइपिओ निष्काशन गर्न दिए बोर्डमा निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई जलविद्युत र एक लघुवित्त सहित तीन कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँको प्राथमिक शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

संस्थाले सर्वसाधारण समुहको २ लाख ६६ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । त्यस्तै रिभर फल्स पावर कम्पनीले पनि प्रभावित तथा सर्वसाधारणका लागि ३४ करोड ३० लाख रुपैयाँको प्राथमिक शेयर जारी गर्दै छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले ३४ लाख ३० हजार कित्ता प्राथमिक शेयर जारी गर्ने भएको हो ।

Prabhu
Crest

र थ्रिस्टार हाइड्रोपावरले पनि स्थानीय प्रभावित तथा सर्वसाधारणका लागि १२ करोड ३१ लाख रुपैयाँको प्राथमिक शेयर जारी गर्ने भएको छ । कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता शेयर जारी गर्ने अनुमतिका लागि बोर्डमा पुगेको हो । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS