काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको बोनश शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य ६३४ रुपैयाँ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयर मूल्य ६९७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।