काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ ले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् । यस योजनाले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १८ गते (एक दिन) बुक क्लोज गर्ने भएका छन् । त्यसैले बुक क्लोजको अघिल्लो दिन अर्थात भदौ १७ गतेसम्मका कायम इकाइधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।
एनएमबि फिफ्टीले आव २०७७/७८ को लागि इकाई धनीहरुलाई ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ ले २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका छन् । सोही प्रयोजनका लागि दुवै योजनाले बुक क्लोजको मिति तय गरेका हुन् ।