काठमाडौं । सनराइज बैंकले तिजको अवसरमा नारी विशेष योजना ल्याएको छ । बैंकले भदौ महिनाभरी विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटको ब्यवस्था गर्नका लागि यस योजना ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलालाई आकर्षक ब्याज र पहिलो बर्षको लागि डिम्याट, मेरो शेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा निःशुल्क दिने बैेंकले जनाएको छ ।
साथै, भदौ महिना भरी अनलाइन खाता खोल्ने नारीहरुलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३ सय रुपैयांसम्मकोे छुट समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले नारी बचत खाता हुुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महिनाभरी कर्जा लिदा प्रशासनिक शुल्कमा ० दशमलव २५ प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।