काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८३८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमितहरुले स्वास्थ्यलाभ गरेका छन्, भने ४२ जना संक्रमितको मृत्यु भएको छ ।