काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शेयरधनीलाई आर्थिक वर्ष ७६/७७ अवधिको मुनाफाबाट चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको हिजो मंगलबार सम्पन्न संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ ।