काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर विक्रीका लागि साउन १३ गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्र साउन २७ गते बाँडफाँड गरिएको संस्थाले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता ३४५ रुपैयाँ मूल्य तोकेर यस शेयर लिलामीमा ल्याएको हो । रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा प्रतिकित्ता ३४५ रुपैयाँका दरले आवेदन दिने आवेदकलाई माग बमोजिम १ हजार ५०० कित्ता कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ । साथै, बढी रकम भुक्तानी गर्ने आवेदकहरुको शेयर वापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने कम्पनीले बताएको छ ।