काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ७५ अंकले बढेको छ । आज ८८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सात वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन् । माउन्टेन इनर्जीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।