काठमाडौं । आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७४ करोडमाथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज नेपाल बैंकको ६४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको ५४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नाङदी ग्रुपको ४८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ४७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।