Connect IPS
IME Life

नेप्से परिसूचक ५ अंकले बढ्यो, कारोबार रकम १५ अर्ब ९३ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ७५ अंकले बढेको छ । आज ८८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा उपसूचक ० दशमलव ९६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ० दशमलव ४७ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७४ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज नेपाल बैंकको ६४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको ५४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नाङदी ग्रुपको ४८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ४७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सात वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन् । माउन्टेन इनर्जीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS