काठमांडौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेबाट सर्वसाधारणहरुका लागि साधारण शेयर(आइपीओ) निष्काशन तथा बिक्रि खुला गर्ने भएको छ । कम्पनीले यसअघि नै जारी पूँजीमध्ये १० प्रतिशत अर्थात चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न गरीसकेको छ । सर्वसाधारणलाई २० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीको कुल शेयरको २ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको उक्त आईपिओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने छ । उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिँदा ठिक देखिन्छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा थियो ।
सर्वसाधारणले विक्री प्रबन्धकका साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।