काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । फण्डले आफ्ना इकाईधनीहरुलाई ५० प्रतिशत प्रतिफल दिने निर्याय गरेको हो।
सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि कर प्रयोजनका लागि समेत गरी ५० प्रतिशतले हुन आउने ४३ करोड प्रतिफल वितरण गर्ने जनाएको छ ।