Connect IPS
IME Life

नेशनल लाइफको बीमा शुल्क ३६ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ४२ अर्ब ४२ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २.५५ प्रतिशतले मुनाफा सुधार गरेको छ । कम्पनीले गत वर्ष ४० करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ३९ करोड १२ लाख रुपैयाँ थियो ।

Prabhu
Crest

कम्पनीले यसै अवधिमा बीमा शुल्क आर्जन ३६ प्रतिशतले सुधार गर्न सफल भएको छ । नेशनल लाइफले कुल बीमा शुल्क आर्जन ३६.०१ प्रतिशतले सुधार गरेर १२ अर्ब ५४ करोड रुपैया आर्जन गरेको छ भने खुद बीमा शुल्क आर्जन ३२.९५ प्रतिशतले बढाएर १२ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ ।

यस वर्ष दिर्घकालिन लगानी तथा कर्जा मात्रै २९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने बीमालेख धितोमा राखेर बीमितलाई ६ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेशनल लाइफको चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ छ भने जगेडा कोषमा ८८ करोड २४ लाख रुपैयाँ जम्मा भएको छ । यसै क्रममा जीवन बीमा कोष २५ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोषमा ४२ अर्ब ४२ करोड रुपैयाँ जम्मा भएको छ ।

गत वर्ष कम्पनीले तीन अर्ब ९५ करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । यस्तो रकम अघिल्लो वर्षको भन्दा ४३ प्रतिशतले बढेको हो ।

अभिकर्ताहरुले प्राप्त गर्ने कमिसन पनि ४६ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले गत वर्ष मात्रै एक अर्ब ३३ करोड रुपैयाँ बुझेका छन् । बीमा लेख संख्या पनि १६ प्रतिशतले बढेको छ । हाल कम्पनीमा कुल कायम बीमा लेख संख्या ९ लाख ४५ हजार वटा रहेको छ । प्रतिशेयर आम्दानी भने ११.३३ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS