IME Life
GBIME

नेपाल फाइनान्सको साधारण सभा भदौ २६ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा भदौ २६ गते हुने भएको छ । कम्पनीको उक्त सभा बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ः १.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय भएकोमा ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पूँजीको १ :०.७० अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गरी पारित गर्ने जनाएको छ ।

Crest

सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभामा लोखा परिक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाहको बारेमा छलफल गर्ने जनाएको छ ।

ललितपुर फाइनान्स कम्पनी प्राप्तिपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० पुगेको छ । ७० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS