Connect IPS
IME Life

एशियन लाइफ इन्स्योरेन्सको १२औं वार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरा बारामा भएको हो ।

साधारण सभामा पूँजी संचरना परिवर्तन गर्ने निर्णय पारित भएको छ । हाल कम्पनीको संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेको छ । कम्पनीले संस्थापक समुहको ७० प्रतिशत मध्ये १० प्रतिशत सर्वसाधारणभा परिणत गर्ने प्रस्ताव पारित भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण, नाफा, नोक्सान हिसाब नगदमा छलफल लगायतका प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनीको ऐन २०६३ को दफा १०५ उपदफा १ ग ले निर्धारण गरेको बीमा भन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले एनएफआरएस अनुसार आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन पारित छ । साधारणसभाले संस्थापक समुहको तर्फबाट दिपक कुमार श्रेष्ठ, सुरेन्द्र कुमार गोयल, निष्ठा प्रधानाङ्ग,सुशान्त चाचान गरी ४ जना, सर्वसाधारण समुहको तर्फबाट सौरब रुंगटा,सजल मास्के गरी २ जना र एक जना स्वतन्त्र विज्ञ संञ्चालक निर्वाचित भएका छन् ।

त्यस्तै, सभाले बीमा समिति, कम्पनी रजिष्ट्रर कार्यालय तथा सम्बन्धीत निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS