काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीले यक्त हकप्रद शेयर निष्काशनका लागि आज अनुमति पाएको हो ।
बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ ।