Connect IPS
IME Life

सानिमा लाइफ व्यवसाय विस्तारमा आक्रामक, बीमा शुल्क आर्जन १३३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा खुद बीमा शुल्क आर्जन १३३ प्रतिशत र कुल बीमा शुल्क आर्जन १३४ प्रतिशलते बढाउन सफल भएको छ । यस अवधिमा खुद बीमा शुल्क आर्जन एक अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन एक अर्ब ९६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको यहि अवधिम कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ करोड ९३ लाख रुपैयाँ थियो ।

Prabhu
Crest

त्यस्तै मुनाफा पनि २० प्रतिशतले बृद्धि भएको छ । सानिमा लाइफले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । मुनाफामा सुधार सँगै जगेडा कोष १०३ प्रतिशतले बृद्धि भएर २४ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ ।  चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले गत साता प्राथमिक शेयर निष्काशन गरेर दुई अर्ब पुर्याउन सफल भइसकेको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा एक अर्ब ५२ करोड रुपैंयाँ रहेको छ भने शेयरधनीकर्जा तीन करोड ८१ लाख रुपैयाँ मात्रै छ । कम्पनीको व्यवस्थापन खर्च तीन करोड ८१ लाख रुपैयाँ रहेको छ । विभिन्न क्षेत्रमा गरिएको लगानी तथा कर्जा प्रवाहबाट १३ करोड ५१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । दाबी भुक्तानी १० करोड १३ लाख रुपैयाँ छ । अभिकर्ताले प्राप्त गर्ने कमिसन १२३ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले ३४ करोड ४७ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS