Connect IPS
IME Life

महालक्ष्मी लाइफको बीमा शुल्क २५ प्रतिशतले बढ्यो, यस्तो छ सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको सूधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन २५ प्रतिशत भन्दा धेरैले सुधार भएको छ । सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको रुपमा रहेको महालक्ष्मी लाइफ बीमा शुल्क आर्जनका हिसावले अर्वपति क्लबमा उक्लिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने कुल बीमा शुल्क आर्जन एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।

बीमा शुल्क सँग सँगै खुद नाफा पनि १७ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले ९ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । मुनाफामा सुधार सँगै जगेडा कोष १२४ प्रतिशतले बढाउन सफल भएको छ । जगेडा कोषमा १८ करोड ५३ लाख रुपैयाँ जम्मा भएको छ ।

Prabhu
Crest

जीवन बीमा कोष पनि ६६ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा एक अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ । बढ्दो जीवन बीमा कोष सँग सँगै दिर्घकालिन लगानी तथा कर्जा २५ प्रतिशतले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यसैल अवधिमा बीमितहरुले बीमालेख धितोमा राखेर २१ करोड ३६ लाख रुपैयाँ कर्जा लिएका छन् । कम्पनीको व्यवस्थापन खर्च ३० प्रतिशतले घटेको छ । व्यवस्थापन खर्च तीन करोड २ लाख रुपैयाँ मात्रै छ ।

विभिन्न क्षेत्रमा गरिएको कर्जा तथा लगानीबाट मात्रै कम्पनीले ११ करोड रुपैयाँ आर्जन गरेको छ । यसै अवधिमा खुद दाबी भुक्तानी भने ह्वात्तै बढेको छ । कम्पनीले बीमितलाई १८ करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । अभिकर्ताहरुको कमिसन ९० प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अभिकर्ताहरुले कमिसनबापत २१ करोड ३० लाख रुपैयाँ बुझेका छन् । हाल कायम बीमालेख संख्या ११५ प्रतिशतले बढेर २६ हजार ७८३ वटा पोलिसी पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS