Connect IPS
IME Life

ज्योति लाइफको जीवन बीमा कोष ११४ प्रतिशतले बढ्यो, नाफा १३ करोड रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्ष मुनाफा सहित हरेक सूचकमा उल्लेख्य सुधार गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुसार खुद नाफा ८० प्रतिशतले बढाउन सफल भएको छ । खुद नाफा १३ करोड रुपैयाँ रहेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा ७ करोड २० लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन पनि ६४ प्रतिशत भन्दा धेरैले बढाउन सफल भएको छ । खुद बीमा शुल्क आर्जन तीन अर्ब रुपैंयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

गत वर्ष प्राथमिक शेयर निष्काशन गरेको ज्योति लाइफको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैया रहेको छ भने जगेडा कोषमा ५७ करोड ५८ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै जीवन बीमा कोष पनि ११४ प्रतिशतले बढाउन सफल भएको छ । जीवन बीमा कोषमा तीन अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा भएको सुधार सँगै कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा पनि बढेको छ । दिर्घकालिन लगानी तथा कर्जा ५४ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड रुपैंयाँ रहेको छ भने बीमालेख धितोमा राखेर प्रवाह हुने कर्जा पनि १११ प्रतिशतले बढेको छ । बीमितिले आफ्नो बीमालेख धितोमा राखेर ४६ करोड ३ लाख रुपैयाँ कर्जा लिएका छन् ।

गत वर्ष अभिकर्ताहरुले पनि ४६ करोड ३३ लाख रुपैयाँ कमिसन बुझेका छन् । दाबी भुक्तानी साढे ९ गुणाले बढेको छ । कम्पनीले गत वर्ष ९ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS