Connect IPS
IME Life

सिटिजन लाइफको बीमा शुल्क आर्जन ८० प्रतिशत भन्दा धेरैले बृद्धि, अधिकांश सूचकमा यस्तो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा सम्पुर्ण सूचकमा उल्लेख्य सुधार गर्न सफल भएको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन ८१ प्रतिशत र कुल बीमा शुल्क आर्जन ८० प्रतिशतले बढाएको छ । सिटिजनले खुद बीमा शुल्क आर्जन तीन अर्ब ३४ करोड रुपैयाँ आर्जन गर्दा कुल बीमा शुल्क आर्जन भने तीन अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा १८ प्रतिशतले बढाएर ४ अर्ब ६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ भने बीमितले बीमालेख धितोमा राखेर प्राप्त गर्ने बीमालेख धितो कर्जा १६३ प्रतिशलते बढाउन सफल भएको छ । बीमालेख धितोमा राखेर मात्रै बीमितले २७ करोड १२ लाख रुपैयाँ कर्जा लिएका छन् ।

Prabhu
Crest

विभिन्न क्षेत्रमा गरिएको कर्जा लगानी तथा आय पनि ८५.९९ प्रतिशतले बढेको छ । यस्तो आर्जन ३२ करोड १९ लाख रुपैयाँ रहेको छ । खुद दाबी भुक्तानी पनि ३३८ प्रतिशतले बढेको छ । बीमितिले ५३ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी प्राप्त गरेका छन् ।

अभिकर्ताहरुले प्राप्त गर्ने अधिकर्ता कमिसन पनि यस वर्ष ७५ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले गत वर्ष ६२ करोड ९४ लाख रुपैयाँ बुझेका छन् । कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले यसै वर्ष प्रिमियमा प्राथमिक शेयर निष्काशन गर्ने प्रकृयाँ अगाडि बढाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS