Connect IPS
IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद नाफा ५९ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले गत आर्थिक वर्ष २०७७/७८ मा ५९.४४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा १९ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा १४ प्रतिशत भन्दा धेरैले सुधार गर्न सफल भएको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन १७ अर्ब ०४ करोड रुपैंयाँ आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन १७ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा ८.७३ प्रतिशतले बढाएको छ । कम्पनीले ५५ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गर्दा बीमालेख धितोमा राखेर भने १४ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा लगानी तथा अन्य आय अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढेको छ । यस्तो आर्जन ६ अर्ब २० करोड रुपैयाँ रहेको छ । त्यस्तै अभिकर्ताहरुको कमिसन ८ प्रतिशत बढेको छ । अभिकर्ताले कमिसन बापत एक अर्ब ६८ करोड रुपैयाँ बुझेका छन् ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड ८७ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा ८१ अर्ब ६ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ८.६४ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS