Connect IPS
IME Life

मानुषी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २७ गतेदेखि आईपीओ निष्काशन तथा विक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा विक्री खुला गरेको हो ।

संस्थाको आईपीओमा शुक्रवारसम्म मागभन्दा ६५ दशमलव २० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुबाट २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो ।

Prabhu
Crest

निष्काशन गरेको आइपीओमध्ये ५ हजार ४६९ कित्ता अर्थात ५ प्रतिशत कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई छ ।

आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।

आईपीओ निष्काशन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते स्वीकृति पाएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS