Connect IPS
IME Life

सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ७७%ले बढ्यो, अन्य वित्तीय अवस्था कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन रेको वित्तीय विवरण अनुसार खुद नाफा घटेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा १० करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७ दशमलव १५ प्रतिशतले कमी हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९० करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७७ दशमलव ०४ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले १४ करोड ८४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७२ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बुद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ४ करोड ३२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । अघिल्ललो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५३ लाख रुपैयाँ यस्तो खर्च गरेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३४ करोड १७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २४ करोड ६२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ करोड २५ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा कम्पनीको महा विपत्ती कोषमा ३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS