Connect IPS
IME Life

रिलायन्स लाइफको खुद दाबी भुक्तानी ४२०% ले बढ्दा जीवन बीमा कोष साढे २ अर्बमाथि, अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कोरोनाको महामारीको बीच पनि कम्पनीले उत्साहजनक प्रगति गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८३ दशमलव ९० प्रतिशतले बढी हो ।

Prabhu
Crest

त्यस्तै, यस अवधिमा कम्पनीले खुद नाफामा पनि बृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७/ ७८ को चौथो त्रैमाससम्ममा ७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड १६ लाख रुपैयाँ मात्र खुद दाबी भुक्रानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ४२० प्रतिशतले बुद्धि गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११० रुपैयाँ ८६ पैसा रहेको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २० करोड ५२ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS