Connect IPS
IME Life

कृषि परियोजना धितो राखेर २० लाख रुपैयाँसम्मको कर्जा लिँदा बीमा अनिवार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेका हुन् ।  मौद्रिक नीतिले कोभिड महामारीका कारण प्रभावित बनेकाहरु उद्यमी तथा व्यवसायीहरुलाई मध्यनजर गर्दै थप सहुलियत प्रदान गर्न उद्देश्यले यस्तो नीति लिइएको हो ।

गभर्नर अधिकारीले वास्तविक कृषि व्यवसायीलाई २० लाख रुपैयाँसम्म कृषि व्यवसाय सञ्चालन गर्नका लागि विपन्न कर्जा उपलब्ध गराउने जनाएका छन् ।

Prabhu
Crest

उनले जो वास्तविक किसान हुन उनीहरुलाई २० लाख रुपैयाँसम्म कृषि व्यवसाय संचालन गर्नका लागि परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था मिलाउने बताएका हुन् । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नुपर्नेछ । विपन्न वर्ग कर्जा सहुलियत व्याजदरमै उपलब्ध हुन्छ । यस्ता किसानहरुले आधार मूल्यमै आफ्नो परियोजना धितोमा राखेर कर्जा प्राप्त गर्ने छन् ।

कृषि क्षेत्रमा हुने जोखिमलाई न्युनिकरण गर्नक लागि पनि राष्ट्र बैंकले बीमालाई अनिवार्य गरिदिएको छ । सरकारले पनि कृषि बीमालाई प्राथमिकता दिदै आएको छ । कृषि तथा पशुपन्छी बीमा गर्दा लाग्ने प्रिमियम रकममा सरकारले ५० प्रतिशत अनुदान दिदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS