काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको बाणिज्य बैंकको कर्जा सिमा थप बढाइदिएको छ । एउटा बैंकले एक अर्ब भन्दा माथिको कर्जा प्रवाह गर्न नपाउने व्यवस्थालाई परिमार्जन गरि दुई अर्ब रुपैयाँसम्मको कर्जा एक्लैले गर्न पाउने व्यवस्था गरिदिएको हो ।
यस भन्दा अगाडि एक अर्ब भन्दा माथिको कर्जा प्रवाहमा सहवित्तीयकरणमा जानु पर्ने व्यवस्था थियो । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत अवदेखि बैंकहरुले २ अर्ब भन्दा माथिको कर्जाका लागि मात्रै सहवित्तीयकरणमा जानु पर्ने छ । ठुला ठुला कर्जामा एउटा मात्रै बैंकले लगानी गर्दा जोखिम धेरै हुने भन्दै राष्ट्र बैंकले यसरी सिमा तोकिदिएको थियो ।