काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८/ ७९ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै पुनरकर्जालाई निरन्तरता दिने बताएका छन् ।
उनले कोभिड महामारीबाट प्रभावित उद्योग ब्यवसायको शिघ्र पुन उत्थानका लागि कार्यान्वयनका ल्याएको पुनरकर्जाको विद्यामान व्यवसाथालाई नै निरन्तरता दिँदै गत र्आिृक वर्षमा व्यवस्था गरिएको अधिकतम सिमा नघट्ने गरी पुनरकर्जा सुविधा उपलब्ध हुने व्यवस्था मिलाउने बताएका छन् ।
पुनरकर्जा उपलब्ध गराउदा साना, लघु, मझौला उद्यम व्यवसायलाई प्रथामिकता दिइने राष्ट्र बैंकका गभर्नर अधिकारीले बताएका छन् ।