काठमाडौं । लघुवित्त वित्तीय संस्थाले पनि यस वर्षदेखि चुक्ता पूँजीको २५ प्रतिशतसम्मको ऋणपत्र निष्काशन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा राष्ट्रिय स्तरका बाणिज्य बैंकको जस्तै राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्था तथा थोक कारोबार गर्ने लघुवित्तले पनि ऋणपत्र निष्काशन गर्न पाउने भएका हुन् ।
गत वर्ष फाइनान्सहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरिएकोम यस वर्षदेखि लघुवित्तले पनि पाउने भएका हुन् ।