काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७० ७१ मा वितरण गरिएको नगद लाभांशमध्ये २४ लाख ३० हजार ९८ दशमलव ३४ बराबरको लाभांश हालसम्म पनि नलिएका शेयरधनीहरुलाई लिन आग्रह गरेको हो ।
।कम्पनीले लाभांश लिन बाँकी शेयरधनीले बिओके क्यापिटल मार्केट लिमिटेडमा यथाशिघ्र सम्पर्क गरी लाभांश बुझिलिन भनेको छ । कम्पनीले आव २०७०। ७१ अघिको लाभांश लिन नआएको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा समेत बताएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/ ७५,आर्थिक वर्ष २०७५/७६,आर्थिक वर्ष २०७६/ ७७ को बाँकी रहेको नगद लाभांश खातामा रकमान्तरका लागि सम्बन्धीत निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।