Connect IPS
IME Life

सानिमा लाइफको आईपीओ पर्यो कि परेन? हेर्नुहोस् यी ४ साइटबाट नतिजा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने दिउँसो  १२ बजेपछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार सानिमा लाइफको वेबसाइट https://sanimalife.com/बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट http://results.prabhucapital.com/  सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयरमा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । उनिहरुले तीन करोड ६९  लाख ५१  हजार ८० कित्ताको लागि आवेदन दिएका थिए ।

विभिन्न कारणले एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । दुबै कारणले आवेदन रद्द हुनेको संख्या एक लाख ११ हजार ७२६ जना रहेका छन् ।
यस हिसाबले योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना रहेको छ । उनिहरुले तीन करोड ४२ लाख ५ हजार २० कित्ताको लागि आवेदन दिएका थिए ।

सर्वसाधारण समुह तर्फको ६० लाख  कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५४  लाख  कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २३ लाख ८ हजार १२२  आवेदनमध्ये भाग्यसाली ५ लाख ४० हजारले १०/१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १७ लाख ६८ हजार १२२ जनाको हात खालि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS