काठमाडौं । नेप्सेमा नविल बैंकको ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो । बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरेपछि फाइनान्सतर्फबाट आएको उक्त शेयर आज सुचिकृत गराएको हो ।
नबिल बैंकले युनाइटेड फाइनान्सलाई १ः०.३५ को स्वापमा प्राप्ति गरेको हो । यस अनुसार युनाईटेड फाइनान्सको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् ।
अब आजख शेयर सुचिकृत भएसँगै साविकको युनाईटेड फाइनान्सका शेयरधनीको खातामा यी शेयर आएपछि लगनिकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।