Connect IPS
IME Life

सानिमा लाइफको आइपीओ बाँडफाँड भोलि, १७ लाख ६८ हजारको हात खाली हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथामिक शेयर भोलि शनिबार बिहान  ११ बजे सानिमा लाइफ इन्स्योरेन्सको दरबारमार्ग स्थित बिजनेस कार्यालयमा बाँडफाँड हुँदैछ । कम्पनीले निष्काशन गरेको आइपीओमा योग्य आवेदक २३ लाख १३ हजार ५५६ जनामध्ये १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि हुने भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयरमा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । उनिहरुले तीन करोड ६९  लाख ५१  हजार ८० कित्ताको लागि आवेदन दिएका थिए ।

विभिन्न कारणले एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । दुबै कारणले आवेदन रद्द हुनेको संख्या एक लाख ११ हजार ७२६ जना रहेका छन् ।
यस हिसाबले योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना रहेको छ । उनिहरुले तीन करोड ४२ लाख ५ हजार २० कित्ताको लागि आवेदन दिएका थिए ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणका लागि ५४ लाख कित्ता शेयर शेयर बिक्री खुला गरेको थियो । धितोपत्र बाँडफाँड निर्देशिका अनुसार ५ लाख ५० हजारले १०/१० कित्ताका दरले प्राथमिक शेयर प्राप्त गर्न सक्ने छन् ।

सर्वसाधारण समुह तर्फको ६ लाख कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डका लागि बाँडफाँड गरिएको छ । कर्मचारीहरुले तीन लाख कित्ता र म्युचुअल फण्डले तीन लाख कित्ता शेयर प्राप्त गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS