Connect IPS
IME Life

एनआईबिएल प्रगति र समृद्धि फण्ड १ को मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्सेमा एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ को इकाई मूल्य समायोजन भएको छ । दुवै योजनाले लाभांश वितरणको लागि बुक क्लोज भएसँगै आज मूल्य समायोजन भएको हो ।

एनआईबिएल समृद्धि फण्ड १ को ३५ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि योजनाको प्रति इकाई मूल्य १३ रुपैयाँ कायम भएको छ । समायोजन अघि योजनाको प्रति इकाई मूल्य १६ रुपैयाँ ५० पैसा रहेको थियो ।

Prabhu
Crest

त्यस्तै एनआईबिएल प्रगति फण्ड १ को ५० प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो । समायोजनपछि योजनाको प्रति इकाई मूल्य १४ रुपैयाँ ०५ कायम भएको छ । समायोजन अघि योजनाको प्रति इकाई मूल्य १९ रुपैयाँ ०५ पैसा रहेको थियो ।

एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । त्यस्तै एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन आउने ३५ करोड बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS