Connect IPS
IME Life

प्राइम लाइफको बीमा शुल्क २२ प्रतिशतले बढ्यो, मुनाफा ३० करोड ८२ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ३.२५ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३० करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको जगेडा कोष र कुल कायम बीमालेख संख्या बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ ।

Prabhu
Crest

कुल बीमा शुल्क तथा खुद बीमा शुल्क दुबैमा २२ प्रतिशत भन्दा धेरैको सुधार देखिन्छ । यस अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन तीन अर्ब ९८ करोड रुपैयाँ र कुल बीमा शुल्क आर्जन ४ अर्ब ४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बीमा शुल्क आर्जनमा सुधार सँगै कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा पनि २५ प्रतिशतले बढाएको छ । प्राइफ लाइफले १३ अर्ब ६० करोड रुपैयाँ दिर्घकालिन लगानी तथा कर्जा प्रवाह गरेको छ । त्यस्तै बीमितहरुलाई बीमालेख धितोमा राखेर प्रवाह हुने कर्जा पनि २२ प्रतिशलते बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा बीमालेख धितोमा राखेर मात्रै एक अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ ।

व्यवस्थापन खर्चमा केहि नियन्त्रण गर्न खोजेको देखिन्छ । कम्पनीको व्यवस्थापन खर्च १.६५ प्रतिशतले मात्रै बढेर ६ करोड तीन लाख रुपैयाँ छ । यस वर्ष दाबी भुक्तानी ७३ प्रतिशतले बढेको छ । कम्पनीले यस वर्ष मात्रै एक अर्ब १३ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्ष जम्मा ६५ करोड ३२ लाख रुपैयाँ थियो । अधिकर्ताहरुले प्राप्त गर्न कमिसन पनि २२ प्रतिशतले बढेको छ । यस अवधिमा अभिकर्ताहरुले ४३ करोड ९ लाख रुपैयाँ कमिसन बुझेका छन् । यस वर्षसम्ममा कायम बीमालेखको संख्या यस वर्ष २३ प्रतिशलते घटेको छ । हाल कायम बीमालेख २ लाख २२ हजार मात्रै छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS