काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साइन रेसुङगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्टीसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीकिो ४४ करोडमाथिको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।