Connect IPS
IME Life

नेप्से परिसूचक १६ अंकले बढ्दा कारोबार रकम साढे १७ अर्बमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बढेर ३,१७८ दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज ९४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । विकास बैंक उपसूचक बढेको छ । विकास बैंक उपसुचक ६ दशमलव ३७ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साइन रेसुङगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्टीसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीकिो ४४ करोडमाथिको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS