काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापन रही संचालनमा रहेको एन्आईविएल समृद्धि फण्ड १ र एनआईबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले लाभांश बितरण प्रयोजनका लागि साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश र एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको हो ।