Connect IPS
IME Life

नेपाल विद्युत प्राधिकरणमा कुलमानको इन्ट्री सँगै हाइड्रोपावरका शेयरधनीले सर्वाधिक कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गरे सँगै जलविद्युतको सूचकमा सर्वाधिक सुधार भएको छ । विगत केहि समयदेखि सरकारले कुलमानलाई नेपाल विद्युत प्राधिकरणमा नियुक्त गर्ने र शेयर बजार सुधार हुने भन्दै हल्ला चलाइएकको थियो ।

प्रायः सबै जलविद्युत कम्पनीको विद्युत खरिद बिक्रि संझौता नेपाल विद्युत प्राधिकरणले गर्दै आएको छ । यसले गर्दा पनि कुलमानको नियुक्तिलाई शेयर बजार सँग जोडेर हेरिएको हो । उनि आए सँगै नेपाल विद्युत प्राधिकरणले प्रवर्द्धन गरेका केहि कम्पनीले हकप्रद शेयर मार्फत पूँजी बढाउने हल्ला मच्चाइएको छ ।

Prabhu
Crest

अर्को तर्फ विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई ऋण तिर्न तथा नयाँ जलविद्युत कम्पनीमा लगानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न दिने भन्दै निर्देशिकाको मस्यौदा तयार पारेको छ । यि दुई कारणले केहि समयदेखि जलविद्युत कम्पनीको शेयरमा सार्वाधिक उछाल आइरहेको छ ।

विगत तीन महिनाको अवधिमा अन्य कम्पनीहरुको भन्दा जलविद्युत कम्पनीको सूचकमा उछाल आइरहेको छ । एक महिनाको अवधिमा हाइड्रोपावरको सूचक मात्रै एक हजार अंकले सुधार भएको छ । बुधबार हाइड्रोपावरको सूचक मात्रै ३.९२ प्रतिशतले बढेको छ । अन्य सूचकहरुमा आएको गिरावटले गर्दा नेप्से सूचक सून्य दशमलब ९४ अंकले मात्रै बढेको छ । हाइड्रोपावरको भने १४४ अंकले बढेको छ । हाइड्रोपावर सँगै पर्यटन, निर्जीवन, माइक्रोफाइनान्स र जीवन बीमा कम्पनीहरुको सूचकमा सुधार देखिएको छ ।  मंगलबार बैंकको सूचकमा सुधार हुँदा नेप्सेले सर्वाधिक नयाँ रेकर्ड बनाउन सफल भएको थियो ।

सूचकमा खासै सुधार नदेखिए पनि कारोबार रकम भने १५ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ । सबैभन्दा धेरै जलविद्युत कम्पनीहरुको खरिद बिक्री भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सका शेयरधनीहरुले ४.१७ प्रतिशतले गुमाएका छन् । सबैभन्दा धेरै अपर तामाकोशीको ६८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सर्वाधिक धेरै सुधार भएका १० कम्पनीहरु मध्ये १० कम्पनी हाइड्रोपावर छन् । आज अधिकाम्स हाइड्रोपावरको शेयरमा सुधार देखिएको छ । केहि समयदेखि हाइड्रोपावरको मात्रै मूल्य बढिरहेको हुँदा अल्पकालिन लगानीकर्ताले अव विस्तारै अन्य पोर्टफेलियोमा लगानी गर्न थाल्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS