काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो ।
उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो । घिसिङले आजै पदबहाली गर्ने छन् । नेपाल सरकारले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई अन्यन्त्र व्यवस्थापन गर्ने आस्वासन दिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले घिसिङलाई नियुक्त गर्न सरकारलाई अनुरोध गरेका थिए ।
अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि उनि चर्चामा आएका थिए । यस भन्दा अगाडिको केपि शर्मा वलीको सरकारले घिसिङलाई पुनः नियुक्त गर्न इन्कार गरेको थियो ।